• ७ जेठ २०८१, सोमबार

सङ्गीतकार शर्माका करोड ‘भ्युज’ भएका ६ गीतको एउटै सङ्ग्रह

blog

संगीतकार दीपक शर्माले करोड बढी भ्युज भएका आफ्ना ६ चलचित्रका गीतको संग्रह सार्वजनिक कार्यक्रममा सहभागी ।

काठमाडौं, जेठ ७ गते। सङ्गीतकार दीपक शर्माले करोड बढी भ्युज भएका आफ्ना ६ चलचित्रका गीतको सङ्ग्रह बजारमा ल्याउनुभएको छ। गीतको सङ्ग्रह आइतबार गीतकार राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य चेतन सापकोटा, सङ्गीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र सङ्गीतकार दीपक स्वयम्ले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो। 

सङ्ग्रहमा चलचित्र ‘छक्का पञ्जा’को शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको ‘देखन चम्पा’, चलचित्र ‘छक्का पञ्जा ३’को राजेन्द्र थापाको शब्द, डेभिड शङ्कर र बिन्दु परियारको स्वरको ‘पहिलो नम्बरमा’, ‘छक्का पञ्जा ४’ को राजेन्द्र थापाको शब्द, डेभिड शङ्कर र सहिमा श्रेष्ठको स्वरको ‘दर्शन सलाम’, चलचित्र ‘मंगलम’को दीपककै शब्द, बिन्दु परियार र कृष्ण काफ्लेको स्वरको ‘पर्ख पर्ख मायालु’, चलचित्र ‘हवल्दार सुन्तली’को लेखु सहयात्रीको शब्द र सहिमा श्रेष्ठको स्वरको ‘चि मुसी ची’ गीत रहेका छन्।

विमोचन कार्यक्रममा बोल्दै उहाँले आफ्नो सङ्घर्ष र अहिलेको अवस्थासम्म आइपुग्दा साथ दिने आफ्ना साङ्गीतिक गुरु नरहरि प्रेमी, वरिष्ठ गीतकार थापाको  प्रशंसा गर्नुभयो। उहाँले दर्शक स्रोताको मायाले ६ वटा गीतले करोडदेखि तीन करोड  बढी भ्युज पाएको बताउनुभयो।  ‘‘यिनै करोड क्लबमा पुगेका गीतहरूको सङ्ग्रहलाई सार्वजनिक गरेका हुँ’, कार्यक्रममा बोल्दै सङ्गीतकार शर्माले भन्नुभयो।