• १३ असोज २०८१, आइतबार

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

blog

काठमाडौँ,  जेठ ७ गते । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।  रासस