काठमाडौं, जेठ ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिको बैठक जारी छ । जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शनिबार बिहानदेखि समितिको बैठक जारी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा विधानको प्रारम्भिक मस्यौदा उपर विभिन्न पार्टी समिति र सङ्गठनहरुबाट प्राप्त सुझावमाथि केन्द्रित छ ।
जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनहरुबाट गरी ७७८ जना प्रतिनिधि रहनेछन् । आगामी असार ९, १० र ११ गते विधान अधिवेशन गर्ने जसपाको तयारी छ ।