• २७ पुस २०८१, शनिबार

चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण

blog

वीरेन्द्रनगर–१६, मेहलीको ल्याडामा चट्याङबाट जोगाउन निर्माण गरिएको अर्थिङ टावर । तस्बिर : नविन सुवेदी

नविन सुवेदी
सुर्खेत, जेठ ६ गते । 
सुर्खेतको वीरेन्द्रनगर–१६, मेहलीको ल्याडामा चट्याङबाट जोगाउन अर्थिङ टावर निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, वातावरण सुधार समाज, अन्तरनिर्भर समाज र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा सञ्चालित उत्थानशील नगरका लागि सामूहिक पहल परियोजनासँगै स्थानीय नागरिकको श्रमदानमा चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण गरिएको हो ।

वीरेन्द्रनगरका मेहली, पारेगाउँ, रतु, गर्पन गाउँहरु चट्याङको उच्च जोखिम रहेकाले जनधनको सुरक्षा गर्न अर्थिङ टावर राखेर सुरक्षित बनाइएको हो । नेपाल रेडक्रस सोसाईटी शाखा सुर्खेतका सभापति रामलाल आचार्यले वीरेन्द्रनगर –१५ र १६ नम्बर वडामा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको बताउनुभयो ।