• ७ पुस २०८१, आइतबार

सञ्चालनमा नआएका स्वास्थ्य सामग्री फिर्ता लिन स्वास्थ्य विभागलाई निर्देशन

blog

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं, जेठ ५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनावश्यक रूपमा (स्थान नभएर वा जनशक्ति नभएर पनि) उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ।  

मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री  मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णयअनुसार गठित अस्पताल उपकरण व्यवस्थापन सम्बन्धी अनुगमन समितिको निष्कर्षको आधारमा यस्तो निर्देशन दिएको जानकारी दिनुभयो।  

दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन् नसक्ने सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यक अनुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्न मन्त्री बस्नेतले निर्देशन दिनुभयो। 

मन्त्री बस्नेतले अब उप्रान्त खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औँल्याए अनुसार उपकरण मन्त्रालयको समन्वयमा खरिद गर्न, प्रत्येक अस्पताललाई आउँदा दुई वर्षका कार्ययोजना (सेवा विस्तार) बनाएर पेस गर्न लगाउने र सो अनुसार आवश्यक पर्ने उपकरण मात्र खरिद गर्ने निर्देशन दिएको बताउनुभयो। 

स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण प्रक्रियालाई थप व्यवस्थित गर्न निर्देशन दिने। स्वास्थ्य सेवा विभागले उपकरण एवम् जनशक्ति व्यवस्थापन सम्बन्धी अर्ध वार्षिक समीक्षा गरेर ठोस कार्ययोजना बनाउने चालु आर्थिक वर्षको लागि ज्येष्ठ महिनामा समीक्षा गर्ने सबै सङ्घीय अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो। 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।