• १३ असोज २०८१, आइतबार

शोक प्रस्ताव पारित

blog

काठमाडौं, जेठ ५ गते । राष्ट्रिय सभाको बैठकले तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन भएको थियो । लामो समयदेखि बिरामी उहाँको ७८ वर्षको उमेरमा आफ्नै निवासमा सिफलमा निधन भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक आजै साँझ ६ बजेर १६ मिनेटमा बस्नेछ ।