• ७ जेठ २०८१, सोमबार

दक्षिण कोरियालाई आणविक सुरक्षा

blog

आर्थिक रूपले सम्पन्न भए पनि सुरक्षाका हिसाबले कमजोर महसुस गरिरहेको दक्षिण कोरियालाई अन्ततः अमेरिकाले आणविक सुरक्षा दिने भएको छ । अमेरिकाले दक्षिण कोरियाको सुरक्षार्थ परमाणु पनडुब्बी उपलब्ध गराउने सहमति गरेसँगै तत्कालका लागि त्यहाँको सुरक्षामाथिको चुनौती कमजोर हुने भएको छ । परमाणु हतियारले सम्पन्न छिमेकी उत्तर कोरियाबाट हुनसक्ने परमाणु आव्रmमण रोक्न अमेरिकाले दक्षिण कोरियामा परमाणु पनडुब्बी तैनाथ गर्न लागेको हो । 

हालै अमेरिकी राष्ट्रपति जोए बाइडेन र दक्षिण कोरियाली समकक्षी ‘योन सुक न्योल’बिच अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्नेलगायत विषयमा सहमति भएको छ । परमाण पनडुब्बी तैनाथ गर्नेबारे दुई राष्ट्रपतिबिच सम्झौता भयो । यो सम्झौता उत्तर कोरियाली आव्रmमणको सामना गर्न अमेरिकाले दक्षिण कोरियालाई गरिरहेको सहयोगमध्येकै एक भाग हो ।

अमेरिकाको परमाणु पनडुब्बी सहयोगपछि दक्षिण कोरियाले परमाणु अस्त्र कार्यव्रmम अघि नबढाउने सहमति पनि गरेको छ । ‘वासिङ्टन घोषणा’ नाम दिइएको उक्त सम्झौतापछि आफ्नो देश र दक्षिण कोरियाबिच जारी सहकार्य थप मजबुत भएको अमेरिकी राष्ट्रपति बाइडेनले बताउनुभयो ।

दुई देशबिच परमाणु शक्ति, साइबर सहकार्य, जलवायु परिवर्तन र युव्रmेन युद्धलगायत विषयमा छलफल भयो । राष्ट्रपति योनले अमेरिकी सहयोगलाई बाह्य आव्रmमणको सामना गर्न र परमाणु अस्त्रसहित आफ्नो सैन्य शक्ति प्रयोग गर्न अमेरिकाले अभूतपूर्व प्रतिबद्धता जनाएको बताउनुभयो । 

उत्तर कोरियाले पछिल्ला दिनमा हालसम्मकै धेरै क्षेप्यास्त्र परीक्षण गरेसँगै बढ्दो पारमाणविक चुनौतीको चिन्तामाझ अमेरिका र दक्षिण कोरियाबिचको यो सहमति भएकोे हो । “प्रतिकार्य क्षमता बढाउने यो कदम दक्षिण कोरियाले बढाएका गतिविधिको प्रतिक्रियामा आएको हो,” बाइडेनले भन्नुभयो ।

दुई देशबिच नयाँ यो सम्झौताका लागि कैयौँ महिनायता छलफल चलिरहेको थियो । यो सहमति अनुसार अमेरिकाले आफ्नो प्रतिकार्य गतिविधि थप देखिने गरी अघि बढाउने छ र सन् १९८० को दशकको सुरुदेखि नपठाएको अमेरिकी पारमाणविक ब्यालेस्टिक अस्त्रयुक्त पनडुब्बीसहित रणनीतिक अस्त्र नियमित रूपमा दक्षिण कोरिया पठाउने छ । दुवै पक्षले रणनीतिक योजनाबारे छलफलका लागि एउटा पारमाणविक परामर्श समूह पनि बनाउने भएका छन् ।

दक्षिण कोरियाका राजनीतिज्ञले लामो समयदेखि उत्तर कोरियाविरुद्ध कहिले र कुन अवस्थामा परमाणु अस्त्र प्रयोग गर्ने भन्नेबारे अमेरिकी योजनामा आफूलाई पनि सहभागी गराउन वासिङ्टनलाई दबाब दिइरहेका थिए । उत्तर कोरियाले आफ्नो परमाणु अस्त्रको सङ्ख्या र क्षमता विस्तार गरिरहँदा दक्षिण कोरियामा भने अमेरिकी राष्ट्रपति बाइडेनले आफूलाई थाहै नदिई परमाणु अस्त्र चलाउने चिन्ता बढिरहेको थियो । अमेरिकाले यो मामिलामा आफ्नो देशलाई बेवास्ता गर्ने चिन्तामाझ दक्षिण कोरियाले आफ्नै परमाणु अस्त्रहरू विकास गर्नुपर्ने माग भइरहेको थियो ।

गत जनवरीमा राष्ट्रपति भएपछि योनले अमेरिकी नीति निर्मातासँग यो विषयमा छलफल गर्नु भएको थियो । त्यसलगत्तै अमेरिकाले प्रतिबद्धता दोहो¥याएर मात्रै काम नहुने महसुस गर्दै ठोस प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । 

यो पारमाणविक परामर्श समूहले दक्षिण कोरियाको सरकारले खोजिरहेको आफ्नो संलग्नताको माग सम्बोधन गर्ने देखिए पनि यसले सर्वसाधारणमा रहेको त्रास मत्थर गर्छ वा गर्दैन भन्ने अझै प्रस्ट छैन । उत्तर कोरियाले आव्रmमण गरिहाल्यो भने त्यसको प्रतिरक्षामा परमाणु अस्त्र प्रयोग गर्ने वा नगर्नेबारे अमेरिकासँगको यो सहमतिमा केही उल्लेख छैन । तर चार दशकपछि परमाणु अस्त्रसहितको अमेरिकी पनडुब्बी दक्षिण कोरिया जानु भनेको अमेरिकाले त्यस्तो अवस्थाको जिम्मा लिन आफू तयार रहेको ऐक्यबद्धता जनाएको छ ।

अमेरिकाले त्यसको बदलामा दक्षिण कोरियालाई परमाणु अस्त्ररहित र त्यस्तो अस्त्रको विकास गर्न नहुने पक्षमा पैरवी गर्ने राष्ट्रकै रूपमा कायम राख्न खोजेको छ । अमेरिकाले अरू देशहरूले पनि उसकै बाटो पछ्याउन सक्ने चिन्ताका कारण पनि दक्षिण कोरियालाई परमाणु शक्तियुक्त राष्ट्र बन्नबाट रोक्ने कोसिस गरिरहेको छ । दक्षिण कोरिया आफैँ परमाणु शक्ति बन्नुपर्ने पक्षमा वकालत गरिरहेका दक्षिण कोरियाली प्राज्ञिक, वैज्ञानिक र सत्ताधारी दलका सदस्यले यस सम्झौतालाई कसरी लिन्छन् भन्ने अझै प्रस्ट छैन ।

उता उत्तर कोरियाले भने दक्षिण कोरियालाई परमाणु पनडुब्बी दिने अमेरिकाको निर्णयको विरोध गरेको छ । उसले यो कार्यले कोरिया प्रायद्वीपमा आणविक होडबाजी बढ्ने चेतावनी दिएको छ ।  उत्तर कोरिया परमाणु शक्ति सम्पन्न मुलुक हो । उसले अमेरिकाले आफ्नो मुलुकमाथि आव्रmमण गर्न नसकोस् भनेर परमाणु हतियार बनाएको हो । उसको यो परमाणु हतियारले दक्षिण कोरियाको सुरक्षा खतरामा परेको छ । यस्तो बेला परमाणु सुरक्षा खोजिरहेका दक्षिण कोरियालाई अमेरिकाले परमाणु पनडुब्बी दिने निर्णयले ठुलो सामरिक महìव राखेको छ । 

दक्षिण कोरिया र उत्तर कोरियाबिच स्थापना कालदेखि नै चर्को विवाद छ । प्राविधिक हिसाबले दुवै मुलुक अहिलेसम्म युद्धकै अवस्थामा छन् । विवाद र तनावका बिच दुवै मुलुकले आ–आफ्नै हिसाबले उन्नति र प्रगति गरिहेका छन् । आर्थिक हिसाबले दक्षिण कोरिया अब्बल बनेको छ भने सामरिक सुरक्षाका लागि उत्तर कोरिया बलियो छ । 

सन् १९१० देखि सन् १९४५ सम्म जापानको उपनिवेश बनेको कोरिया दोस्रो विश्वयुद्ध समाप्तिसँगै जापानबाट मुक्त भएको हो । जापानबाट स्वतन्त्र भएको कोरिया विदेशी चलखेलका कारण सन् १९४८ मा विभाजित भई दुई मुलुक बने । उत्तर कोरिया कम्युनिस्ट मुलुक बन्यो भने दक्षिण कोरिया पुँजीवादी मुलुक ।

विभाजनपछि दुई मुलुकबिच चरम विवाद सुरु भयो, जसका कारण सन् १९५० देखि सन् १९५३ सम्म भीषण युद्ध भयो । यो युद्धमा उत्तर कोरियालाई तत्कालीन सोभियत सङ्घ र चीनको समर्थन थियो भने दक्षिण कोरियालाई अमेरिकी समर्थन र सहयोग । युद्धले दुवै मुलुक तहसनहस भए । युद्धमा २५ लाख मानिसको ज्यान गयो भने अर्बौैं डलरको भौतिक क्षति भयो । अन्तर्राष्ट्रिय मध्यस्थतामा युद्ध त रोकियो तर शान्ति सन्धि भएन । जसले गर्दा अहिलेसम्म दुवै मुलुक प्राविधिक रूपमा युद्धकै अवस्थामा छन् । युद्ध विधिवत् रूपमा अन्त्य भएको भनी शान्ति सन्धि गर्ने प्रयास भए पनि सफलता नमिल्दा कोरिया प्रायद्वीप तनावमुक्त हुन सकेको छैन । 

उत्तर कोरियासँगको तनावका बिच पनि दक्षिण कोरियाले अमेरिकासँगको सहकार्य र सहयोगमा तीव्र आर्थिक तथा सामजिक विकास गरेको छ । दक्षिण कोरियाको सुरक्षार्थ अत्याधुनिक हातहतियारसहित करिब ३० हजार अमेरिकी सेना अहिले पनि त्यहाँ खटिएको छ । अमेरिकाले त्यहाँ थप सुरक्षाका लागि परमाणु पनडुब्बी दिने भएसँगै तत्कालका लागि सुरक्षा खतरा टर्ने भएको छ । 

उत्तर कोरियासँगको युद्धपछि सन् १९६० मा अमेरिकाको सहयोगमा दक्षिण कोरियाले आर्थिक विकासको खाका बनाई कार्यान्वयन गरेसँगै आर्थिक विकासमा फड्को मारेको हो । दक्षिण कोरिया अस्तित्वमा आएयता हालसम्म २२ जना शासक बने । करिब तीन दशक त सैन्य शासन कायम रह्यो तर पनि विकास रोकिएन । आन्तरिक जनशक्तिको अत्यधिक सदुपयोग गरी गरिएको निरन्तर विकासले यो मुलुकलाई एसियाकै धनीमध्ये एक मुलुक बन्न सफल भयो । अहिले त्यहाँको तीव्र विकासमा आन्तरिक श्रम शक्तिले नपुगी विदेशी श्रमशक्ति भिœयाइएको छ । रोजगारीका लागि दक्षिण कोरिया रोजाइमा परेको छ भने सवारी साधान र विद्युतीय सामग्री बिव्रmीबाट ठूलो धनराशि आर्जन गरेको छ ।  

१,००,३६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको दक्षिण कोरियाको जनसङ्ख्या पाँच करोडभन्दा केही बढी छ । त्यहाँको मुख्य भाषा कोरियाली हो । धेरै कोरियाली बौद्ध धर्म मान्छन् । औसत आयु पुरुषको ८० वर्ष र महिलाको ८८ वर्ष रहेको छ । प्रतिव्यक्ति आय ३६ हजार डलरभन्दा बढी छ । सन् १९४८ मा दक्षिण कोरिया बन्दा ‘रि सिङ मेन’ले मुलुकको नेतृत्व गर्नुभयो भने अहिले ‘योन सुक न्योल’ राष्ट्रपति हुनुहुन्छ । 

उपनिवेशिक पीडा, सैन्य शासन, युद्ध, धम्की सबै भोगिसकेको यो मुलुकका लागि स्थायी शान्ति पहिलो आवश्यकता बनेको छ । सन् २०१८ मा तत्कालीन राष्ट्रपति ‘मुन जाय इन’ र उत्तर कोरियाली नेता ‘किम जोङ उन’बिच भएको ऐतिहासिक शिखर वार्ताले दुई मुलुकबिचको बढ्दो तनाव घटाउन भूमिका निर्वाह गरेकोे थियो । त्यसैले दुई मुलुकबिचको वार्तालाई निरन्तरता दिँदै शान्ति सन्धि गरी युद्धलाई विधिवत् अन्त्य गर्न सकेमात्र कोरिया प्रायद्वीपमा स्थायी शान्तिको ढोका खुल्नेछ तर उत्तर कोरियासँगकोे विवाद मिलाइएन भने दक्षिण 

कोरियालाई यो परमाणु पनडुब्बीले सुरक्षा दिइरहन नसक्ने अवस्था आउन सक्छ । थप तनाव बढ्दै जाँदा आणविक युद्धलाई निम्त्याउनसक्ने भएकाले पनि दुई कोरियाबिच मेलमिलाप गर्नु उत्तम विकल्प हुने छ ।   

लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।    

Author

रामप्रसाद आचार्य