• ४ जेठ २०८१, शुक्रबार

कार्यस्थलमा हुने दुव्र्यवहार

blog

सार्वजनिक स्थल एवं कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुव्र्यवहारका कारण सहज, सरल र सम्मानित तरिकाबाट श्रमिकले श्रम गर्न सक्दैन । हिंसा र दुव्र्यवहारले श्रमिकको मनोवैज्ञानिक, शारीरिक, यौनस्वास्थ्य, आत्मसम्मान र मर्यादामाथि चोट पु-याउँछ । जसले गर्दा पारिवारिक, सामाजिक समस्या देखा पर्ने, अपेक्षित कार्यसम्पादन हुन नसक्दा उत्पादनमा ह्रास आउने र कार्यवातावरणमा विश्वसनीयता गुम्दै जाने हुन्छ । हिंसा र यौनजन्य दुव्र्यवहारले बहुपक्षीय तबरबाट सबैलाई असर पु¥याउने भएको हुँदा सम्बन्धित सबैले समयमै यस्ता घटना हुन नदिन आवश्यक पहल गर्नुपर्ने हुन्छ ।

सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सुनिश्चित गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न संविधान सभाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन, २०७१ स्वीकृत गरी जारी गरेको छ । जसले व्यवस्थापक र उजुरी सुन्ने अधिकारी –प्रमुख जिल्ला अधिकारी वा प्रदेश प्रमुख) लाई जिम्मेवार बनाएको छ तर विडम्बना कतिपय जिम्मेवार पदाधिकारीलाई यस ऐनका बारेमा जानकारीसम्म पनि छैन । यतिसम्म कि कार्यस्थलमा हुने दुव्र्यवहारसम्बन्धी घटना भएमा पीडित कर्मचारीलाई न्याय प्राप्तिका लागि जिल्ला प्रहरी या अदालततर्फ जान सिफारिस गरिएको पनि पाइन्छ ।

कार्यस्थल

कार्यस्थल भन्नाले सरकारी निकाय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्गठित संस्था, प्रचलित कानुनबमोजिम स्थापना भएको निकाय वा सङ्गठित संस्था, कुनै व्यवसाय, कारोबार वा सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम अनुमति प्राप्त गरेको वा दर्ता भएको फर्म, निकाय वा सङ्गठित संस्थालाई बुझाउँछ ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार 

कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देहायका कुनै कार्य गरे वा गराएमा दुव्र्यवहार भएको मानिन्छ :

यौनजन्य आशयले शरीरको कुनै अङ्ग छोएमा वा छुने प्रयास गरेमा,

अश्लील तथा यौनजन्य व्रिmयाकलापसँग सम्बन्धित चित्र, पत्रपत्रिका, श्रव्यदृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा,

लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, 

यौनजन्य व्रिmयाकलापका लागि प्रस्ताव गरेमा,

यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा ।

यस्ता कुनै पनि कार्य कार्यस्थलमा जो सुकैले गरेमा वा गरेको थाहा पाएमा १५ दिनभित्र लिखित वा मौखिक रूपमा व्यवस्थापकसमक्ष गुनासो गर्नुपर्ने व्यवस्था रहेको छ । व्यवस्थापक भन्नाले कार्यस्थलको प्रशासनिक वा व्यावसायिक कामकारबाहीको सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार प्राप्त व्यक्ति अथवा शाखा वा एकाइको प्रमुखसमेतलाई बुझाउँछ । व्यवस्थापकले कुनै कर्मचारी वा सेवाग्राहीले सोसम्बन्धी गुनासो सम्बन्धमा तुरुन्त छानबिन गरी यौनजन्य दुव्र्यवहार भएको पाइएमा पीडित र आरोपित व्यक्ति मञ्जुर भएमा मेलमिलाप गराइदिन, आरोपित व्यक्तिलाई माफी मगाउन, पुनः नगर्न सचेत गराउन, उचित क्षतिपूर्ति भराइदिन तथा आरोपित व्यक्तिलाई सेवा, सर्तसम्बन्धी कानुनबमोजिम विभागीय कारबाही गर्न सक्ने प्रवधान रहेको छ । गुनासोको टुङ्गो गुनासो परेको १५ दिनभित्र लगाउनुपर्ने हुन्छ । 

कार्यस्थलमा हिंसा तथा यौनजन्य दुव्र्यवहार जस्ता घटना हुनै नदिनका लागि व्यवस्थापकले आवश्यक प्रबन्ध मिलाउनु पर्छ । घटना घटेपश्चात् उपचार गर्ने प्रवृत्तिभन्दा निरोधात्मक तवरमा उपाय अवलम्बन गर्न सकेमा कार्यस्थल मर्यादित र व्यवस्थित बन्न सक्छ । दुव्र्यवहारमा पर्ने कर्मचारीले जानकारीको अभावले वा डर–त्रासले आफ्नो समस्यालाई लुकाइरहन खोज्ने तथा पीडक कर्मचारीलाई उचित कारबाही हुन नसक्दा मनोबल उच्च हुने वातावरण सिर्जना हुन दिनु हुँदैन । यौनजन्य दुव्र्यवहारप्रति सेवाग्राही र कर्मचारीलाई सजग गराउन कार्यस्थलमा सचेतनामूलक सामग्रीको व्यवस्था गर्ने, पीडितलाई मनोविमर्श सेवा उपलब्ध गराउने, गुनासो सुनुवाइको उचित व्यवस्था मिलाउने तथा यौनजन्य दुव्र्यवहार हुन नदिन कर्मचारी तथा सेवाग्राहीलाई सजग गराउने कार्य व्यवस्थापकले गर्नु पर्दछ ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारप्रति तल्लो तहमा कार्यरत कर्मचारी बढी पीडित छन् । आफ्नो रोजिरोटी र इज्जत गुम्ने डरले कतिपय कर्मचारीले हिंसालाई समेत लुकाइरहेका हुन्छन् । यसले पीडकलाई थप मनोबल प्रदान गरिरहेको हुन्छ । पदीय दम्भ देखाएर तल्लो तहमा कार्यरत कर्मचारीलाई विभिन्न तरिकाले दुव्र्यवहार गरिरहन्छन् । जब पीडित कर्मचारीलाई असह्य हुन्छ, मानसिक चोट पुग्छ या अरूलाई थाहा हुन्छ अनि बल्ल आफूलाई परेको पीडाका बारेमा बोल्न थाल्छन् । यस्ता व्यवहारले शून्य सहनशीलतालाई नारामा मात्र सीमित गरेर राख्ने भएकाले अरूले गर्ने व्यवहारप्रति सजग भएर सकेसम्म हिंसा या दुव्र्यवहारमा नपर्ने, परिहालेमा तत्काल उजुरी गर्ने परिपाटीको विकास गरिनु पर्दछ ।

इज्जत उनीहरूको गुम्दैन जो पीडित हुन्छन्, इज्जत गुमाउने त केबल पीडक हुन् । पीडितले कहिल्यै पनि आफूलाई हीन भावनाले हेर्नु हुँदैन, अरूले पनि उनीहरूलाई असर पु¥याउने बोली र व्यवहार गर्नु हुँदैन । सामाजिक रूपमा महिलालाई मात्र दोषी करार गर्ने आपराधिक मानसिकता सबैले त्याग्नु पर्दछ । दुव्र्यवहारमा पर्ने जो सुकैले हिंसालाई स्वीकार गरेर लुकाएर होइन प्रतिकार गरेर जुध्ने सामर्थ राख्नु पर्दछ । यसले गर्दा पीडकलाई कानुनी कठघरामा ल्याउन सहज हुन्छ ।

सबै कार्यस्थलमा यौनजन्य दुव्र्यवहारको विरुद्धमा खुलेर छलफल गर्ने अनि यस्ता घटना नघट्नुअगावै सचेत र संवेदनशील गराउने परिपाटीको विकास सायदै भएको होला । कुनै घटना घटिहालेमा पनि पीडकलाई कार्यरत स्थानबाट सरुवा गराएर सरुवालाई नै सजाय मान्ने मानसिकता नदेखिएको पनि होइन । कार्यस्थलमा कतिपय व्यवहारलाई स्वाभाविक मान्ने, महिला कर्मचारी विशेष गरी तल्लो तहमा कार्यरतलाई अधीनस्थ ठान्ने, कार्यालय समयभन्दा अनौपचारिक समयमा कार्यसम्पादनको अपेक्षा राख्ने, औपचारिक बोली, व्यवहारमा भन्दा अनौपचारिक रूपमा प्रस्तुत हुने जस्ता कार्यले पनि हिंसाका घटना घट्न मलजल गरिरहेका हुन्छन् । कार्यस्थलमा कर्मचारीको बैठकमा यस विषयलाई समावेश गरी दुव्र्यवहार नहुँदै सचेत र सजग गराइरहनु पर्छ ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका बारेमा सबै कर्मचारी सचेत रहनु पर्छ । दुव्र्यवहार के हो भन्नेबारेमा प्रस्ट हुनु पर्दछ साथै कार्यस्थलमा पालना गर्नुपर्ने आचरण÷आचारसंहिताको विषयमा सूचित रहनुपर्ने र संस्थाका मूल्य मान्यतामा अडिग रहनुपर्ने हुन्छ । कुनै विषयमा स्पष्ट नभएमा अरूलाई प्रश्न सोधेर, छलफल गरेर वा परामर्श गरेर सहयोग लिनु पर्दछ । कार्यस्थलमा आफूभन्दा ज्येष्ठ, कनिष्ठ वा समकक्षी जोसुकैले पनि दुव्र्यवहारजन्य व्यवहार गरेमा त्यसको विरुद्धमा आवाज उठाउने गर्नु पर्दछ । कहिल्यै पनि आफूलाई परेको समस्यालाई लुकाएर वा दबाएर राख्नु हुँदैन, किनकि यसले मानसिक स्वास्थ्यमा समस्या उत्पन्न गराउनुका साथै नकरात्मक हर्कत दोहोरिइरहन सक्छन् । यसका साथै कोही सहकर्मी दुव्र्यवहारबाट पीडित भएमा वा हैरानी खेपेको थाहा पाएमा पनि उजुरी र न्याय प्राप्तिमा सघाउ पु¥याउन सबै जिम्मेवार हुनु पर्दछ ।

कार्यस्थलमा जोसुकैले पनि ससम्मान एवं हिंसाजन्य दुव्र्यवहारबाट वञ्चित भई काम गर्न पाउने वातावरणको सुनिश्चतता हुनु पर्दछ । अन्तर्राष्ट्रिय एवं राष्ट्रिय रूपमा जति पनि प्रतिबद्धता र कानुनी व्यवस्था गरिएको छ, त्यसको कार्यान्वयनका लागि सबै जना जिम्मेवार बन्नु पर्दछ । कार्यस्थल सबैका लागि मर्यादित, सम्मानजनक, विभेदरहित एवं सुरक्षित भएमा मात्र निर्धक्क तवरबाट कार्यसम्पादनमा सहजता मिल्ने भएको हुँदा यस्तो व्यवस्था मिलाउन व्यवस्थापक तत्पर र जिम्मेवार बन्नैपर्ने हुन्छ । सम्पूर्ण कर्मचारीसमेत सहज कार्यवातावरण बनाउने कार्यमा सहकार्य गर्दै एकअर्काप्रतिको मर्यादालाई निरन्तर कायम राख्नु पर्दछ ।

लेखक हेटौँडा उपमहानगरपालिकाका निर्देशक हुनुहुन्छ ।

Author

विष्णुकुमारी लामिछाने