• १२ साउन २०८१, शनिबार

सरकारसँग नागरिक उन्मुक्ति पार्टीको असन्तुष्टि

blog

नागरिक उन्मुक्ति पार्टीको पत्रकार सम्मेलनमा सहभागी नेता ।

काठमाडौं, जेठ ३ गते । सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । पार्टीका संस्थापक रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उन्मुक्ति पार्टीले असन्तुष्टि जनाएको हो । 

पार्टीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने हामीसँग आन्दोलन गर्नुको विकल्प नरहेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताउनुभयो । आन्दोलनको कार्यक्रम अन्तरगत अबुधबारदेखि तीन दिन देशव्यापी रुपमा राँके जुलुश र कोणसभा आयोजना गरिनेछ । 

राजनीतिक घटनालाई अपराध करार गर्ने काम गरेकाले त्यसको विरोधमा जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द आह्वान गर्ने वरिष्ठ उपाध्यक्ष पण्डितले जानकारी दिनुभयो । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसको समाधान राजनीतिक रुपमा नै हुनुपर्ने उनीहरुको माग छ ।