• १३ वैशाख २०८१, बिहिबार

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

blog

ट्याक्टरबाट खसेर दुई बालिकाको निधन । साङ्केतिक तस्बिर

राधा लुइटेल
फिदिम, जेठ ३ गते ।
 मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले हिलिहाङ गाउँपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र नौ वर्षीया गङ्गा सुवेदीको ट्याक्टरबाट खसेर निधन रहेको जानकारी दिनुभयो ।

ट्याक्टर चढेर विद्यालय जाँदै गरेका पुजना र गङ्गाको बुधवार बिहान निधन भएको हो । यसैगरी, दुई जना घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ ।