• १२ साउन २०८१, शनिबार

सत्तारुढ दलको बैठक सिंहदरबारमा

blog

मंगलबार सिंहदरबारमा बसेको सरकार समर्थित दश दलको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, जेठ २ गते। सत्तारुढ दलको बैठक सिंहदरबारमा सुरु भएको छ। 

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक भर्खरै सुरु भएको जानकारी दिनुभयो। 

बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेता सहभागी हुनुहुन्छ। 

सरकारले जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। मुख्यगरी, सत्तारुढ दलको बैठक यसै विषयमा केन्द्रित हुने उहाँको भनाइ छ।