• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिद्वारा संविधानसभा सदस्य बस्नेतको निधनप्रति दुःख व्यक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं, वैशाख ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

जननायक बी.पी. कोइराला स्मृति ट्रष्टलाई प्राप्त सन्देशमा राष्ट्रपति पौडेलले शोक–सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 

बस्नेत जननायक बी.पी. कोइराला स्मृति ट्रष्टका संस्थापक तथा कोषाध्यक्ष हुनुहुन्थ्यो । 

राष्ट्रपतिबाट प्राप्त सन्देश स्वर्गीय बस्नेतको परिवारजनसमक्ष उहाँको निवास सिफल हाइटमा वाचन गरिएको छ । 

उक्त सन्देश लिएर राष्ट्रपतिकी छोरी अवज्ञा पौडेल र प्रेस सल्लाहाकार किरण पोखरेलसहित सिफल पुग्नु भएको जानकारी ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले दिनुभयो ।


यो पनि पढ्नुहोस

संविधानसभा सदस्य बस्नेतको निधन