• ८ जेठ २०८१, मङ्गलबार

नियमित खोप लगाउन मन्त्री बस्नेतको आग्रह

blog

फाइल तस्विर ।

काठमाडौं, वैशाख ३१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गर्नुहुँदै नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबलिकालाई नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्नुभएको हो । 

सरकारले जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको राष्ट्रिय खोप तालिका बनाएर खोप प्रदान गर्दै आएको छ । राष्ट्रिय खोप तालिका अनुसार खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरी सरकारले वैशाख १५ र ३१ गते नियमित खोप अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियानअन्तर्गत  सरकारले आज (आइतबार) देशैभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप दिँदै आएको हो । खोपले बालबलिकालाई हुन सक्ने रोगको संक्रमण्काा साथै अपाङ्गता तथा मृत्युबाट बचाउने चिकित्सक बताउँछन् । 

सरकारले प्रदान गर्दै आएको नियमित खोप ८० प्रतिशत बालबालिकाले मात्रै पूर्ण रुपमा लगाएको अध्ययनले देखाएको छ ।  यसबाहेक अझै २० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप लगाएका छैनन्  भने  चार प्रतिशतले कुनै पनि खोप नलगाएको अध्ययनले देखाएको छ । जस कारण नेपालका केही जिल्लामा बेलाबेलामा बालबालिकामा दादुरा रुवेलालगायत विभिन्न रोगको देखा पर्ने गर्छन् ।