• १२ साउन २०८१, शनिबार

शीर्ष नेताको बैठक बालुवाटारमा जारी

blog

प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच छलफलमा ।

काठमाडौँ, वैशाख ३१ गते । शीर्ष नेताको बैठक आइतबार बिहानदेखि बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल सुरु भएको प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएको छ ।

संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर ३ ठूला दलका नेता र प्रमुख सचेतकहरू छलफलमा रहेकाे जानकारी सचिवालयले  दिएकाे छ ।