अमरराज नहर्की
तनहुँ, वैशाख ३० गते । नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी चयन हुनुभएको छ । युनियनको सम्पन्न सातौँ जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा चयन गरेको हो । नवगठित युनियनको उपाध्यक्ष खुल्लातर्फ विश्वनाथ अधिकारी, महिलातर्फ कमलादेवी काफ्ले, सेवा क्षेत्रतर्फ प्रमोद सोती, उत्पादन क्षेत्रतर्फ सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगारतर्फ देवी न्यौपाने पौडेल चयन हुनुभएको छ ।
त्यसैगरी, सचिवमा पशुपति अर्याल, सहसचिवमा तीर्थराज परियार बर्देवा, सहसचिवमा हरिश्चन्द्र कोइराला, कोषाध्यक्ष कृष्णप्रसाद तिवारी, सहकोषाध्यक्षमा उर्मिला लजारी चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरूमा रिआइत मिया, नारायण बानियाँ, सुदिप कँडेल, रामबहादुर गदाल, रश्मि सेढाई घिमिरे र सञ्जु पौडेल लम्साल चयन हुनुभएको निर्वाचन संयोजक हरिराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश अधिवेशन प्रतिनिधिमा गोपीकृष्ण तिवारी, दधिराज शर्मा सिग्देल, अशोक गिरी, कृष्णप्रसाद खनाल, मीनबहादुर कार्की, शंकरराज नहर्की, बलराम वाग्ले, महेन्द्रप्रसाद अधिकारी, शारदा थापा अधिकारी, कल्पना परियार र शान्ता बाँस्तोलालाई चयन गरिएको छ ।
त्यसैगरी राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा ओजराज बगाले, लोकराज सेढाई र सुलोचना पण्डित चयन हुनुभएको छ । नवगठित कार्य समितिलाई हाल एक कार्यक्रमबीच पदस्थापन गरिएको छ । कार्यवाहक अध्यक्ष लोकराज सेढाईले माइन्यूट हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल रहनुभएको थियो । सो अवसरमा पोख्रेलले मजदुरको सम्मान हुन सके मात्रै देशमा विकास हुने बताउनुभयो ।