• ७ पुस २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण

फेक अडियो बनाएको भन्दै कारबाहीका लागि डा. आरजु देउवाको उजुरी

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा ।

काठमाडौं, वैशाख २७ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोसँग माग गर्नुभएको छ।

देउवाले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुहुँदै नेपाल प्रहरी साइबर ब्यूरोमा निवेदन दिनुभएको हो ।

‘‘विभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् । उक्त अडियोबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदश पेश गरेको छु ।’ कांग्रेसका केन्द्रीय सदस्य देउवाले नेपाल प्रहरी साइबर ब्यूरोमा पेस गर्नुभएको निवेदनमा उल्लेख छ ।

उहाँले उक्त निवेदन बमोजिम यथाशीघ्र कारबाही गर्न माग गर्नुभएको छ ।