पाल्पा, वैशाख २६ गते । जिल्लाको रामपुरमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–५, भम्बक बस्ने ३४ वर्षका गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मङ्गलबार बिहान साढे ७ बजेतिर घरनजिकको काभ्रोको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर कुमाल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार करेन्ट लागेर गम्भीर घाइते हुनुभएका कुमालको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।