• ११ वैशाख २०८१, मङ्गलबार

चैते हुरी

blog

खेतमा

फुल्दै गरेको तोरीले सोध्यो

मैले कतिसम्म फुल्नुपर्ने हो ?

हलक्क बढ्दै गरेको

लसुनले भन्यो

मैले कुन हदसम्म छिप्पिनुपर्ने हो ?

रह्यो 

सपँ्रदै गरेको

आलु, जौ र गहुँको उमेरका प्रश्न

खेतको आलीमा टुसुक्क बसेर 

एउटा निरीह किसान मौन रहेरै जवाफ दिन्छ

चैते हुरी र बतासले ल्याउने 

बेमौसमको भारी वर्षाले जन्माउने

असिनापानीमा नै तिमीहरूको आयु नापिने छ

जसरी

उसको, तपार्इंको, अरूको र हाम्रो 

अर्थात् समग्रमा

नेतृत्वमा चैतेहरूकै हालीमुहालीका कारण

सिङ्गो 

देशमा सुशासनको नारा नारामा मात्रै सीमित हुनुको पीडा 

वर्तमानको बाटो भएर समृृद्धिको नारा थला पर्दोछ ।