• १४ जेठ २०८१, सोमबार

जाउलाखेल र संकटाको बराबरी

blog

जावलाखेलका खेलाडी । फाइल तस्बिर

काठमाडौं, वैशाख १७ गते । जावलाखेल र संकटा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । वर्षाका कारण शनिबार रोकिएको खेल आइतबार पुन: सञ्चालन भएको हो ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकियो । जावलाखेलका लागि फोडे फोफानाले ३३औं मिनेटमा गोल गर्नुभयो । 

संकटाका निशान खड्काले ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरमिा ल्याउनुभएको हो । बराबरीसँगै जावलाखेलले १३ खेलबाट जावलाखेलले २४ अङ्क बनाएको छ । संकटाको समान खेलबाट १६ अङ्क छ । 

यस्तै दशरथ रंगशालामा भएको अर्को खेलमा हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । यस खेलपनि शनिबार वर्षाका कारण ७१औं मिनेटमा रोकिएको थियो ।

खेलमा आर्मीले सुरुवाती अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाउनुभएको थियो । 

५५औं मिनेटमा शेर्पाका विश्वास श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो । बराबरीसँगै आर्मीले १३ खेलबाट २० अङ्क बनाएको छ ।  हिमालयन शेर्पाको समान खेलबा १४ अङ्क पुगेको छ । 

यसैगरी एन्फा मैदानमा भएको अर्को खेलमा चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोलले हराएको छ । मनाङको यो लगातार छैटौं हार हो । 

चर्च ब्वाइजको जितमा अनन्त तामाङले ४१औं, मौसम सुब्बाले ५५औं र साइमन लिम्बुले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।

चर्च ब्वाइजको यो लिगमा पाँचौं जित हो । जितसँगै चर्च ब्वाइजले १३ खेलबाट २१ अङ्क बनाएको छ । मनाङको समान खेलबाट १५ अङ्क छ ।