काठमाडौं, वैशाख १७ गते । नेपाल क्योकुशिन कराते-डो सङ्घ बज्र (आइकेओबी) अन्तर्राष्ट्रिय कराते सङ्गठनको आयोजनामा वैशाख २२ र २३ गते २१औँ राष्ट्रिय पुरुष खुला एवम् १४औँ राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।
सङ्घले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा सातै प्रदेशबाट पुरुषतर्फ ६५ र महिलामा ५५ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो र उत्कृष्ट खेलाडीलाई उपाधिसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।