• ७ वैशाख २०८१, शुक्रबार

दिन

blog

ब्रह्माण्डबाट जन्मिएर

ओर्लन्छ धर्तीको काखमा

आकाशमा खेलेर

छर्छ बाटोभरि सुनौलो प्रभा


लगाएर गुलाफी फरिया 

बिहान तन्नेरी  देखिन्छ 

समयका फरक फरक आयतनभित्र

गरिदिन्छ उमङ्गको वर्षा


निरन्तर उदाउँछ सूर्य

जगमगाउँछ अन्तुदेखि जगत्

कञ्चनजङ्घाको शिरमा स्पर्श गर्दै 

छातीमा ठोकिएर पोखिन्छ 

धर्तीको आँगनीमा रङ्गीन आभा 


ब्रह्म मुहूर्तको आगमन 

मझेरी हुँदै  दैलोबाट सुरु हुन्छ 

मेरो सुन्दर बिहान

मेरा अनगन्ती सुखदुःखका

चुरेपहाड पछ्याउँदै  

मैले खोल्नुपर्छ पहाडको ढोका । 

भक्तपुर