शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख १५ गते। अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परेर घाइते हुनुभएको छ।
शुक्रबार बिहान करिब साढे १० बजेतिर महादेवस्थानबाट एयरपोर्ट जाने क्रममा आफूले चलाएको स्कुटरलाई अर्को स्कुटरले ठक्कर दिएको थियो। उहाँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दियो।
सिंहका श्रीमान् केशव शाहीले भन्नुभयो, “बिहान एयरपोर्ट जाने क्रममा अर्को स्कुटरले ठक्कर दियो। टाउको बज्जारिएकोले टाउको दुखिरहेको छ।” उहाँको स्वास्थ्य परीक्षण भइरहेको उहाँको भनाइ छ।