• १३ असोज २०८१, आइतबार

अयोग्य लडाकुलाई रकम दिने निर्णयप्रति सांसद पौडेलको आपत्ति

blog

कांग्रेसका सांसद प्रदिप पौडेल

काठमाडौं, वैशाख १५ गते। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई दुईदुई लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको हो। सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘अयोग्य लडाकुलाई दुईदुई लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आइरहेको छ। यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वभाविक होइन। त्यसकारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु, यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस्।’

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताउनुभयो।