• ११ असोज २०८१, शुक्रबार

नेपाली सेनाबाट तिलौराकोट परिसरमा सरसफाइ

blog

तिलौराकोट परिषरको सरसफाई गर्दै शम्शेर दल गणका नेपाली सेनाको टोली । तस्बिर : नेपाली सेना

जानु पाण्डे
कपिलवस्तु, वैशाख ११ गते ।
 बुट्यान बढेर कुरूप देखिएको सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट राजदरबार परिसरको सरसफाइ गरिएको छ ।

शमशेर दल गण गोरुसिङ्गेका गणपति दिलीप घलेले बुद्ध जयन्ती नजिकिँदै गर्दा तिलौराकोट क्षेत्रमा झाडीले घेरिए पछि सरसफाइ सुरु गरिएको बताउनुभयो । सरसफाइका लागि आइतबारदेखि सह सेनानी अमृत गुरुङको नेतृत्वका ६० जनाको टोली खटिएको छ ।

लुम्बिनी विकास कोषसँग समन्वयमा पुरातात्त्विक सम्पदालाई जोगाउँदै सरसफाइ गरिने छ । गुरुङले साना–साना बुट्यान, झाडी र प्लास्टिक जन्य फोहोर हटाइने बताउनुभयो । सरसफाइ अभियान पाँच दिनसम्म सञ्चालन हुने छ ।