• १३ असार २०८१, बिहिबार

सञ्जयलाई एनसेल बाह्रखरी गल्फ उपाधि

blog

गल्फमा उपाधि सवजेता खेलाडीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख ९ गते । सञ्जय पौडेलले ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट रिसोर्टमा शनिबार भएको प्रतियोगिताको उपाधिसँगै सञ्जयले सुनको बल पुरस्कार पाउनुभयो ।

१८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोड्नुभएको थियो । १२ ह्याण्डीक्यापमा खेलेका सञ्जयले फ्रान्ट नाइन १९ अंक र ब्याक नाइनमा २१ अंक जोड्नुभयो । 

टासी छिरिङले समान ४० अंक जोडेपनि काउन्ट ब्याकमा आधारमा पछि पर्नुभयो । यससँगै जिरो ह्याण्डीक्यापमा खेल्ने टासी छिरिङ ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि जित्नुभयो ।

टासीले मोष्ट बर्डीको उपाधि पनि जित्नुभयो । टासीले ६ बर्डी प्रहार गर्नुभयो । पुरुषतर्फ बाबु शेर्पाले दोस्रो स्थान हासिल गर्नुभयो । बाबुले ३८ अंक बनाउनुभयो । डा. भगवान कोइरालाले ३७ अंक जोड्दै सिनियर (६० वर्षमाथि) को उपाधि जित्नुभयो ।

महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जित्नुभयो । उहाँले ३६ अंक जोड्नुभयो । क्लोजेष्ट टु द पिनको उपाधि राज प्रधान जित्नुभयो । लङ्गेष्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जित्नुभयो । 

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज र केही विदेशीसहित ११४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ‘टी–अफ’ गरेर उद्घाटन गर्नुभएको थियो ।