• ११ मंसिर २०८१, मङ्गलबार

पृथ्वी संरक्षणमा चासो

blog

अप्रिल २२; विश्व पृथ्वी दिवसको ५३औँ वार्षिक उत्सव । विगत ५१ वर्षदेखि विश्वका लाखौँ मानिसले पृथ्वीको वातावरण र जैविक विविधता संरक्षण गर्न विभिन्न चेतनामूलक नाराका साथ विभिन्न कार्यक्रम तथा प्रदर्शन गरी उत्सव मनाउँदै आएको सन्दर्भमा यस वर्षको पृथ्वी दिवस ‘पृथ्वी र प्रकृतिसँंगको सामीप्यता बढाऔँ, हाम्रो विश्वलाई पुनस्र्थापना गर्ने गतिविधिमा जुटौँ’ भन्ने नाराका साथ पृथ्वी दिवस मनाउन संयुक्त राष्ट्रसङ्घले पनि आह्वान गरेको छ । पृथ्वीको संरक्षणमा सबैको सहयोगका लागि चेतनामूलक कार्यक्रमका साथ मनाउनुमा यसको सार्थकता रहेको देखिन्छ । 

अनियन्त्रित जनसङ्ख्या, औद्योगिक क्रान्ति, वन विनाश, सहरीकरण, आणविक भट्टी स्थापना र सुविधाजनक जीवनशैलीका कारण अत्यधिक मात्रमा कोइला र पेट्रोलियम पर्दाथ प्रयोगबाट कार्बन उत्सर्जनका साथसाथै हानिकारक हरितगृह ग्यासहरू (कार्बनडाइअक्साइड, नाइट्रिक अक्साइड, मिथेन, हाइड्रोफ्लोरोकार्बन, परफ्लोरोकार्बन, सल्फरहेक्जाफ्लोराइड र पानीका वाष्पहरू) उत्पादन भई पृथ्वीको तापमान बढ्ने क्रम जारी छ । तापमान बढेसँगै यसबाट उत्पन्न जलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असर धेरै क्षेत्रमा देखिन थालेका छन् ।

पृथ्वीको स्थलमा मात्र होइन, जलाशयमा रहने प्राणी जगत्लाई समेत गम्भीर रूपमा ऋणात्मक असर परेकाले विश्वलाई नै चुनौती दिने गरी वृद्धि भइरहेको वातावरणीय असन्तुलनको भयावह स्थितिलाई ध्यानमा राखेर सन् १९७० मा लाखौँ अमेरिकीले तटीय क्षेत्रहरूमा पृथ्वीको हरित र स्वच्छ वातावरणका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय तहका सरकारलाई वैधानिक तथा कानुनी व्यवस्थाकोे माग गर्दै कार्यालय र संस्थाहरूमा जुलुस प्रदर्शन गरेका थिए । 

सन् १९६९ मा अमेरिकाको क्यालिफोर्निया राज्यको शान्ता बारबारामा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ पोखिएर दुर्घटना हुँदा त्यसको असरले नराम्रो स्थिति सिर्जना गरेको थियो । यसलाई मूर्तरूप दिन पेट म्याक इलोस्कीले पनि प्राकृतिक वातावरण संरक्षणका लागि राष्ट्रिय पाठका रूपमा २२ अप्रिल १९७० मा पहिलो कार्यक्रम सुरुवात गरेका थिए । फलस्वरूप २२ अप्रिललाई वातावरण संरक्षणका लागि महìवपूर्ण दिनका रूपमा मनाउन थालियो ।

वातावरण संरक्षणका लागि जनस्तरबाट सुरु गरिएका क्रियाकलाप तथा गतिविधिले गर्दा सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घद्वारा पृथ्वी सम्मेलन आयोजना गर्ने आधार तयार भयो । फलस्वरूप सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा पृथ्वी सम्मेलन आयोजना गरियो । त्यसपछि वातावरण संरक्षणको विषय विश्वव्यापी रूपमा लगभग सबै सरकारको सरोकारको विषय बन्न पुगेको छ । पृथ्वी दिवसका रूपमा मनाइने कार्यक्रम, व्यक्त गरिने सङ्कल्प र तदनुरूपका प्रयासले वातावरण संरक्षणका लागि ठोस आधारहरू निर्माण गरिरहेको छ । यसले मानिसलाई वातावरणमैत्री कार्य गर्न पे्ररित गरिरहेको छ । 

करिब ७.९ अर्ब मानिस बसोबास गर्ने हाम्रो घर पृथ्वी, धर्तीमाता हामीलाई जन्म दिने हाम्री आमाजस्तै उत्पादनको अदम्य क्षमता भएकी, सुन्दरता, विविधताकी धनी, स्रोत र सम्पदाले भरिपूर्ण अन्नदाता, पानी र प्राणवायु दिएर जीवन र जगत् सम्भव बनाउने अथाह विशेषता बोकेकी संरक्षणकर्ता, सहनशीलताकी खानी जननी हुन् । प्रगति र उन्नतिको प्रचुर अवसर दिएर सबै प्राणी जगत्लाई समान व्यवहार गर्दै प्रकृतिको खिलापमा नजान आग्रह गर्दै छिन् । पृथ्वीमा भएका प्राणीमध्ये सबैभन्दा बुद्धिमान मानिन्छ मानव । जसले समय परिवर्तनसँगै आपूmलाई सक्षम, बलवान् र बुद्धिमान साबित गरिराखेको छ ।

आदिम ढुङ्गे युगको अवस्थाबाट विकास गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा यतिसम्म विकास ग¥यो कि उसले आपूmलाई हरेक क्षेत्रमा सहज र सुविधाका लागि कुनै वस्तु बनाउन बाँकी नै राखेन । स्थलमा छिटो दौडिने रेल, आकाशमा गुड्ने हवाईजहाज तथा पानीमा दौडिने पानीजहाज बनाएर पृथ्वीको एक कुनाबाट अर्को कुनामा छिटो पुगिने र सजिलो साधनको मात्र विकास होइन, कम्प्युटर, मोबाइल र इन्टरनेटको विकासले विश्व जगत्लाई नै एकै ठाउँमा बनाइदिएको छ । स्वास्थ्य विज्ञान प्रविधिमा भएको चामत्कारिक विकासले प्राकृतिक रूपमा बनेका शरीरका अङ्गलाई काम गर्न छाडिसकेपछि पनि प्रत्यारोपण गरेर मानिसको आयुलाई समेत लम्ब्याउने काम गरेको छ । 

रसायन र औषधि विज्ञानको चमत्कारले आँखाले देख्न नसकिने सूक्ष्म भाइरसहरूको समेत अध्ययन गरी कोरोना, इबोला, सार्सजस्ता शक्तिशाली रोगहरू जसले मानिसको जीवन छोटो समयमा नै नास गर्न सक्दछन्, त्यस्ता भाइरससँंग लड्ने खोपको समेत विकास गरी जीवनको जोखिमलाई न्यूनीकरण गर्न सफल भएको प्रमाणित गरिसकेको छ । विभिन्न किसिमका ब्याक्टेरियाहरूले उत्पन्न गर्न सक्ने रोगलाई औषधि विज्ञानको विकासले पनि मानव जीवनलाई धेरै हदसम्म सुरक्षित गरेको छ । भौतिक र रसायन विज्ञानको चमत्कारले क्यान्सरजस्ता जटिल रोगको पनि निदान गर्ने रेडियसन थेरापी प्रयोग गरी अल्पायुमा मृत्यु हुनबाट रोकेको छ । यसरी पृथ्वीको एक कुनामा बसेको वैज्ञानिकले अर्को कुनामा बसेको साधारण गरिब, अनपढ, अशिक्षित मानिसको जीवन पनि रक्षा गरिरहेका छन् । 

हाम्रो पृथ्वी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएकै कारण खतरामा परेको छ । प्राकृतिक स्रोतकै खातिर यहाँ ठूलाठूला युद्ध पनि भएका छन् । परिणामस्वरूप धेरै परिमाणमा जनधनको क्षति भएको देखिराखेका छौँ । आज विश्वमा एक हजार ३०० भन्दा धेरै परमाणु बम र विनाशकारी हतियारहरूको भण्डारण गरिएका सुनिन्छन् । धनी र ठूला राष्ट्रहरूकोे घमण्ड र होडबाजीका कारण गरिब र साना राष्ट्रहरू उनका पछि लागेको अवस्थाले गर्दा सयौँ वर्ष लगाएर मानवनिर्मित भव्य र सभ्य सहरहरू पनि आज क्षणभरमा भग्नावशेषमा परिणत भइरहेका छन् । ठूलो परिमाणमा मानव जीवनको क्षतिका खबरहरू दैनिक सुन्नमा आउँछन् । जङ्गली युगदेखि वर्तमानसम्म पनि यसको निरन्तरता कायमै छ । 

आणविक भट्टीहरू, लामो दूरीका क्षेप्यास्त्रहरू, रासायनिक कलकारखानाहरू र खनिज तेलहरूको अत्यधिक प्रयोजनले पृथ्वीको वायुमण्डलमा कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बढ्ने क्रमलाई तीव्रता दिएको छ । पछिल्लो समय वनजङ्गल तथा सिमसार क्षेत्रहरू विभिन्न मानव क्रियाकलापबाट मासिने क्रम तीव्र छ । प्रकृतिमा भएका बहुमूल्य स्रोतसाधनलाई आफ्नो स्वार्थपूर्तिका लागि लुकीचोरी दोहन गर्ने तथा व्यापार व्यवसाय गर्ने बहानामा मानिसको शरीरलाई फाइदा नगर्ने खाद्यवस्तु उत्पादन गर्ने गरी क्यान्सरजस्ता खतरनाक रोगको समेत वास्ता नगर्दा आज पृथ्वीका सन्तान दुःखको भूमरीमा जीवन व्यतीत गरिरहेका छन् ।

जलवायु परिवर्तनका कारण पृथ्वीमा अत्यधिक गर्मी, हावाहुरी, सुक्खा खडेरी, आगलागीका समस्याले मानव जीवन आक्रान्त भइरहेको छ । जलवायु परिवर्तनका असरहरूले मुख्य गरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधारजस्ता क्षेत्रमा प्रभाव पारेको देखिन्छ । कतै अत्यधिक र लामो वर्षा हुँदा पहाडी क्षेत्रमा भू–स्खलन र पहिरोका कारण बाढी आउँदा बस्तीहरूमा विकराल अवस्था सिर्जना भएको छ । कतै हिमशृङ्खलाहरू पग्लने, हिमतालहरू 

फुटने त्रास बढिरहेको छ ।

भिरालो स्थानका बस्तीहरू पहिरोको जोखिममा छन् भने समुद्र सतहको उचाइ कम हुँदै छ । तटीय बस्तीहरू र टापू देशहरूको अस्तित्व सङ्कटमा पर्ने प्रक्षेपण गरिएको छ । त्यति मात्र होइन, जलाशयमा बस्ने प्राणीको बासस्थानमा विषाक्त रसायनले लोपोन्मुख अवस्थामा पुगेका छन् । जीवजन्तुको तस्करी भइरहेको छ भने जैविक विविधतामा ह्रास आएको छ । पृथ्वीको सतहमा भएका स्रोत र साधन मात्र होइन, गर्भमा रहेका खनिजको पनि अत्यधिक दोहन भइरहेको छ । 

यस्ता कार्यले प्राकृतिक रूपमा सुशोभित सुन्दर पृथ्वीको स्वरूपलाई नै परिवर्तित बनाई मानव जीवनलाई मात्र होइन, जीवजन्तु र पारिस्थितिक प्रणालीमा समेत सङ्कटको अवस्था सिर्जना गरेको छ । प्रकृतिको नियमानुसार यहाँ भएका सबै जैविक तथा अजैविक अवयवहरू सन्तुलनमा रहनुपर्छ अनि मात्र हाम्रो पारिस्थितिक प्रणाली सन्तुलनमा रहन्छ; जसले पृथ्वीमा रहेका प्राणीको रक्षा गर्छ । स्वच्छ पारिस्थितिक प्रणाली भन्नु नै स्वच्छ पृथ्वी भन्ने बुझिन्छ र जीवन सुन्दर र स्वच्छ बन्छ । जलवायु परिवर्तन र वातावरण संरक्षणको क्षेत्रमा भइरहेका वैज्ञानिक अनुसन्धानहरूले पनि महìवपूर्ण योगदान पु¥याइरहेका छन् । 

हाम्रो उन्नति, प्रगति र हाम्रा सन्ततिहरूको सुन्दर भविष्यका लागि हाम्रा बिग्रिएका पारिस्थितिक प्रणालीलाई पुनस्र्थापना गरेमा गरिबी निवारण र जलवायु परिवर्तनका असरबाट बच्न र सामूहिक रूपमा लोप हुन लागेका प्रजातिको बचाउ गर्दछ । त्यसका लागि हामी सबैले आआफ्नो ठाउँबाट राम्रो भूमिका निर्वाह गर्नु जरुरी छ । प्रत्येक राष्ट्रका सरकार, राजनीतिक दलहरू, नागरिक समाज तथा सङ्घसंस्थाहरूले जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई आफ्नो प्रतिबद्धतापत्रमा जल्दोबल्दो मुद्दाका रूपमा लिन जरुरी देखिन्छ । 

परम्परागत प्रविधिलाई नवप्रवर्तनका साथ विकास गर्दै स्थानीय स्रोतसाधनलाई दिगो सदुपयोग गरी स्वरोजगारका नयाँ अयाम खुल्न सक्छन् र आफ्नो क्षेत्रको वातावरण संरक्षणमा उल्लेख्य योगदान पुग्न सक्नेछ । पृथ्वी बचाउ गर्न यसमा भएका प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्छ, यसलाई सधँै सफा र हरियो राख्न जरुरी छ । पृथ्वीको बचाउमा लगानी गरौँ, पृथ्वीलाई हानि पु¥याउने कामको विरुद्धमा आवाज उठाऔँ । पृथ्वीबाहेक हाम्रो बस्ने ठाउँ कतै छैन त्यसैले यसलाई माया गरौँ, सुखी र समृद्ध बनी शान्ति तथा खुसी प्राप्त गरौँ । 

लेखक वातावरण संरक्षण संवद्र्धन क्षेत्रको अध्ययन अनुसन्धानमा क्रियाशील हुनुहुन्छ । 

  

Author

मथुरा खनाल