• ५ जेठ २०८१, शनिबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज रुस जानुहुँदै

blog

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । फाइल तस्बिर

काठमाडौं, वैशाख ६ गते । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदै हुनुहुन्छ ।

रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस जान लाग्नुभएको हो ।

अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार रुस प्रस्थान गर्न लाग्नुभएको हो ।