राजन रावत
हुम्ला, बैशाख ४ गते । कर्णाली करिडोरको हुम्लाखण्डमा पर्ने बोक्चे गौडादेखि लालीबगर क्षेत्रको सडक मर्मत गर्ने कार्य ६ पहिनापछि पूरा भएको छ । सो सडकखण्ड हेर्ने हिल्सा सिमकोट सडक आयोजनाले मर्मतका लागि म्याद थप गर्दा निर्माण कम्पनीले पक्ष जेसिबी लगाएर एक हप्तामा मर्मत गर्ने कार्य पूरा गरेको हो ।
गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको बर्षासँगै गएको पहिरोले सडक अबरुद्ध हुँदैआएको थियो । आयोजनाका इन्जिनीयर निरज राजवंशीले ६ महिनादेखि पहिरोले अबरुद्ध रहेर बन्द भएको सडकको मर्मत कार्य पूरा भएको बताउनुुभयो ।
दुुई किलोमिटर सडकमाथिबाट आएको पहिरो र सडकमा खसेको ढुुङ्गा र ढलेका रुखहरुले गर्दा सडक अबरुद्ध भएको थियो । यसअघि सो सडकको निर्माण कार्य पूुरा भएर गाडी चल्ने अबस्था रहेको थियो । उहाँले निर्माण कम्पनीले सडकको निर्माण कार्य पूरा नगरेकै अबस्थामा पहिरोले सडक बन्द भएका कारण पहिलेकै सम्झौताअनुुसार निर्माण कम्पनी पक्षले मर्मत गरेको बताउनुुभयो ।
सडकको मर्मत गर्ने कार्य पूरा भएको र अब दुुई स्थानमा माथिबाट खसेर सडकमा पल्टिएका ठूला ढुङ्गा बिष्फोट गर्ने कार्य पूरा भएमा सडक सुचारु हुनेछ । भिगौडा र बोक्चे गौडाको चट्टानी भीर बिस्फोट गर्न समय लागेको कारण तीन वर्षदेखि सो सडकको निर्माण कार्य भएको थियो ।
अब सो खण्डको सडकको मर्मत कार्य भएकाले अब चाँडै निर्माण कार्य पूरा हुने बताउनुुभयो । कार्य सकिने बित्तिक्कै निर्माण कम्पनीले सडक आयोजनालाई हस्तान्तरण गर्नेछ ।