• १८ असार २०८१, मङ्गलबार

आयो ‘गणपति’को टिजर

blog

काठमाडौँ, चैत ३० गते । अभिनेता मुकुन भुसाल र मेनुका प्रधान अभिनीत चलचित्र ‘गणपति’को टिजर रिलिज भएको छ। 

सबिन अधिकारीले निर्देशन गर्नुभएको चलचित्रमा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेललगायतको अभिनय रहेको छ। 

एबिगम्यान फिल्म्सको ब्यानरमा लक्ष्मण थापाले निर्माण गर्नुभएको चलचित्रमा हरिबहादुर घलेको छायाङ्कन रहेको छ। चलचित्र जेठ ५ बाट प्रदर्शनमा आउने तयारीमा छ।