• २६ वैशाख २०८१, बुधबार

नेप्से परिसूचक ९२.२२ अङ्कले वृद्धि

blog

फाइल तस्बिर

काठमाडौं, चैत २९ गते। वैशाख महिनादेखि बैङ्कको ब्याजदर घट्ने बैंकर्स सङ्घको निर्णयसँगै नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। पछिल्लो समय निरन्तर रूपमा उच्च अङ्कले गिरावट आइरहेको नेप्से परिसूचक बुधबार ९२.२२ अङ्क बढेर १९६३.५५ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १८.७५ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ६.७६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४२ अङ्कले बढेको छ।

बुधबार कारोबारमा आएका २७६ कम्पनीको ६१ लाख ७ हजार कित्ता शेयर १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ। मंगलबार ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक करिब सात प्रशित बढेको छ भने लघुवित्त, बैङ्किङ र विकास बैङ्क उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक चार प्रतिशतभन्दा बढी बढेको छ।

बुधबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएसँगै ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिद्धार्थ इक्विटी फण्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन, गणपति लघुवित्तलगायत कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बुधबार शिवम सिमेन्ट्स कम्पनीको ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।