• १२ मंसिर २०८१, बुधबार

गण्डकीमा वर्षाको सम्भावना

blog

काठमाडौँ, चैत २७ गते । देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । 

मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही  स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव चार डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस छ । रासस