• २६ वैशाख २०८२, शुक्रबार

शहीद प्रतिष्ठानको अध्यक्षमा चापागाईँ

blog

साधारणसभाको उद्घाटन प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ लगायत ।

काठमाडौं, २६ चैत। शहीद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईँ चयन हुनुभएको छ।

प्रतिष्ठानको १३ औँ साधारण सभाबाट चापागाईँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।

जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चौलागाईं, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन हुनुभएको छ। समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी रहेको छ। 

प्रतिष्ठान मातहत देशका विभिन्न स्थानमा शहीद स्मृति आवासीय विद्यालय सञ्चालन हुँदै आएका छन्। साधारण सभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिँदै विद्यालयलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। 

साधारण सभाको उद्घाटन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले गर्नुभएको थियो।