• ११ मंसिर २०८१, मङ्गलबार

कैलाली बहुमुखी क्याम्पसले धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने

blog

प्रकाशविक्रम शाह

धनगढी, चैत १७ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको  कैलाली बहुमुखी क्याम्पस (केएमसी) ले धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । चैत १८ र १९ गते हुने सम्मेलनमा मुलुकभरका प्राध्यापक तथा सहप्राध्याकहरुले आफ्नो अध्ययन र अनुसन्धान प्रस्तुत गर्ने केएमसीका उप–प्राध्यापक मोहनसिंह साउँदले बताउनुभयो ।

देश तथा विदेशबाट गरे ७६ जनाले सो सम्मेलनमा प्रस्तुति गर्नका लागि दावी गरेका थिए त्यसमध्ये ६२ जनालाई आफ्नो प्रस्तुति राख्ने अनुमति दिइएको छ। सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्वविद्यालय, काठमाडौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालयका ६२ जनाले आफ्नो प्रस्तुति राख्ने उपप्राध्यापक साउँदले बताउनुभयो ।

सम्मेलनले देश विदेशका अनुसन्धानकर्ताहरुले समाजमा लुकेर रहेका कुरालाई बाहिर ल्याउन सहयोग पुग्ने सहप्राध्यापक डा. राजेन्द्रविर चन्दले विश्वास छ । उहाँले सुदूरपश्चिममै पहिलो पटक अनुसन्धानमा आधारित सम्मेलन हुन लागेको हुँदा यहाँका नागरिकहरूलाई सहभागी भएर जानकारी लिई दिन समेत आग्रह  गर्नुभयो ।

कैलाली बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक सुदूरपश्चिममा प्राज्ञिक सम्मेलन हुन लागेको हो । सम्मेलनमा शिक्षा, व्यवस्थापन, विज्ञान र समाज गरेर चार वटा विद्यालाई समेटिएको उपप्राध्यापक भुवन भण्डारी बताउनुभयो । सो सम्मेलन कैलाली बहुमुखी क्याम्पसमै आयोजना हुने भएको छ ।