• १३ असोज २०८१, आइतबार

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल

blog

नेपाल शिक्षक संघद्वारा राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्मानपत्र प्रदान गर्दै । तस्बिर : राष्ट्रपतिको निजी सचिवालय

काठमाडौँ, चैत ७ गते । नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न हाम्रो साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

संघका अध्यक्ष राजेन्द्र पौडेलले  शिक्षाको सुधार बेगर मुलुकको हित हुँदैन भन्दै सङ्घीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पार्नुभएको थियो । संघका अध्यक्ष राजेन्द्रराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गर्नुभयो भने संघका महासचिव सोमनाथ गिरीले सम्मानपत्र वाचन गर्नुभएको थियो ।