• ६ भदौ २०८२, शुक्रबार

कालिगण्डकीलाई उपाधि

blog

अर्जुन काफ्ले 

स्याङ्जा, चैत ६ गते । बिरुवा गाउँपालिकाले आयोजना गरेको छैटौ अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबलको उपाधि कालिगण्डकी गाउँपालिकाले उचालेको छ । 

वडा नंं. ७ बलेउमा रहेको सम्झना युवा क्लबको खेलमैदान भएको प्रतियोगितामा कालिगण्डकीले आयोजकलाई सिधा सेटमा पराजित गर्दै उपाधिसहित एक लाख ५० हजार कप, पदक र प्रमाणपत्र हात पारेको हो ।

पोखरा महानगरपालिका सहित छ पालिकाको सहभागिता रहेको प्रतियोगितामा आयोजक बिरुवाले उप विजेता हुँदै एक लाख हात पारेको हो । त्यस्तै तृतीय स्थान हात पारेको वालिङ नगरपालिकाले ५० हजार रुपियाँ प्राप्त गरेको हो । 

प्रतियोगितामा बेष्ट प्लेयर हरि पाण्डे ( कालिगण्डकी), बेष्ट सेटर सुदिप राना (कालिगण्डकी),  बेष्ट डिफेण्डर अविजित नेपाली ( कालिगण्डकी), बेष्ट ब्लकर देव राना ( कालिगण्डकी), बेष्ट स्पाइकर संजोक परियार (बिरुवा), बेष्ट सर्भर प्रितम गुरुङ (वालिङ) ले नगद तीन तीन हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेको गाउँपालिका अध्यक्ष सूर्य कुावरले जानकारी दिनुभयो ।