• १४ वैशाख २०८१, शुक्रबार

स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

blog

बूढीनन्दा क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा मतदान गर्नका लागि लाइन बसेका विद्यार्थी । तस्बिर : शेरबहादुर सार्की/बाजुरा

शेरबहादुर सार्की 

बाजुरा, चैत ५ गते । बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ । गठबन्धन दल निकट विद्यार्थीसँग र नेकपा (एमाले) अनेरास्ववियुबीच झडप भएको हो ।

स्ववियुको निर्वाचन बिथोल्ने गरी एमालेका कार्यकर्ताले एकतर्फी रूपमा ढुङ्गा प्रहार गरेको गठबन्धन दल निकटका विद्यार्थी सङ्गठनले आरोप लगाएका छन् ।

अनेरास्ववियुले एकतर्फी ढुङ्गा प्रहार हुन थालेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेको हो । 

स्ववियुको निर्वाचनमा विद्यार्थी मतदान गरिरहेको अवस्थामा बाहिरबाट ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रण गर्न हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत पर्ने बूढीनन्दा क्याम्पसमा तीन दलीय भातृ सङ्गठन नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एस उम्मेदवार र एमाले निकट अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । 

क्याम्पसका ४१२ जना मतदाता रहेका छन् । अहिलेसम्म २४८ मत खसेको निर्वाचन अधिकृत जयदेव देवकोटाले जानकारी दिनुभयो ।