• ११ असोज २०८१, शुक्रबार

सङ्घीय निजामती ऐन यही अविधेशनमा टेबुल हुन्छ : मन्त्री मोदी

blog

कार्यक्रममा मन्त्री अमलाल मोदी थारु । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, चैत ४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले सङ्घीय निजामती ऐन यही अविधेशनबाट टेबुल हुने बताउनुभएको छ ।  जनकपुरधाममा शनिबार आयोजित नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेश प्रदेशको दोस्रो अधिवेशनमा उहाँले यस्तो बताउनुभएको हो । 

मन्त्री मोदीले ऐन ड्राफ्ट भइसकेको हुँदा अब चाँडै नै यसै सदन र यसै अधिवेशनबाट सङ्घीय निजामती ऐन पास हुने दाबी गर्नुभयो । निजामती ऐन निर्माण नहुँदा कर्मचारी मारमा परेको बताउनुहुँदै मन्त्री मोदीले निजामती ऐन पास भएपछि यी सबै समस्या समाधान हुने दाबी गर्नुभयो ।  

सङ्घीय निजामती ऐनबारे धेरै छलफल गर्दा समस्याहरु पनि धेरै देखा परे, कयौं सरोकारवालाहरुसँग छलफल पनि ग¥यौं त्यसपछि अहिले आएर ड्राफ्टसम्म पुगेको छ, त्यसैले यसै अधिशेनबाट पास हुने मन्त्रीले विश्वास दिलाउनुभयो ।

कर्मचारीमा अझैं पनि केही समस्या र विकृति छन् । त्यसैले ती विकृति र विसङ्गतिको अन्त्य मधेश प्रदेशबाट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्तव्यकै क्रममा मन्त्रीले नयाँ कार्यकालका लागि आउने प्रतिनिधिलाई शुभकामनासमेत दिनुभयो । 

यसैगरी कार्यक्रममा उपस्थित संगठनका सदस्यहरुले निजामती कर्मचारीले भोगिरहेको समस्याबारे चर्चा गर्नुभयो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेश प्रदेशका अध्यक्ष विनोदकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मधेश प्रदेश उद्योग वन तथा वातावरणमन्त्री सुनीता यादव, सोही मन्त्रालयका राज्यमन्त्री रोहवर अन्सारी, नेराकसनिका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतको उपस्थिति थियो ।