• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम सरकारले क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने

blog

अविनाश चौधरी

धनगढी, चैत ४ गते । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई पुरस्कृत गर्नुभएको छ । नेपाललाई ऐतिहासिक विश्वकप क्वालिफायरमा पार्न महत्त्वपूर्ण योगदान दिएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाहले सो पुरस्कार प्रदान गर्ने भएको हो ।

सुदूरपश्चिमबाट दीपेन्द्रसिंह ऐरी, भीम सार्कीलगायतका खेलाडीलाई नगदले पुरस्कृत गर्ने घोषणा गर्नुभएको हो । सरकारले ऐरी र सार्कीलाई जनही दुई–दुई लाख रुपियाँ दिने घोषणा गरेको छ । 

यसैगरी, टिममा अटाउनु भएका सन्दीप जोरालाई एक लाख र अन्तिम १८ मा परेका अर्जुन साउँद र कमलसिंह ऐरीलाई जनही ५०–५० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । जोरालाई केही खेल खेल्ने मौका मिलेको थियो । 

नेपाललाई हरेक खेल जिताउनमा दीपेन्द्र सिंह ऐरीले ब्याटिङ र बलिङ दुवैतिर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी, सार्कीले आफूले मौका पाएको हरेक खेलमा जादुमय ब्याटिङ गरेर नेपाललाई जितका लागि महत्त्वपूर्ण योगदान दिनुभएको थियो । उहाँले युएई भ्रमणको अन्तिम खेलमा युएईविरुद्ध ७० र कीर्तिपुर मैदानमा भएको लिगको अन्तिम खेलमा युएईविरुद्ध नै ६७ रनको महत्त्वपूर्ण पालि खेल्नु भएको थियो ।