• १२ साउन २०८१, शनिबार

गजल

blog

बेजमानीको बात म के जानूँ 

चोरी ठगीको भात म के जानूँ !


विश्वास विश्वासमै हुर्कें, बढेँ 

अविश्वासको लात म के जानूँ !


कस्तो तातो अहो कस्तो नशालु 

प्रशंसाको मात म के जानूँ  !


परोपकारी देखिए पहिले निकै 

कोखामा छन् दाँत म के जानूँ !


फुकाले तिनले त इज्जत सबै 

नग्नताको खात म के जानूँ !


मलाई यसरी बिगार्नु बिगारे 

यो मान्छेको जात म के जानूँ !