• १९ असार २०८१, बुधबार

सचेतनामूलक सडक नाटक प्रदर्शन

blog

बाबुराम शर्मा 

दोलखा, चैत १ गते । दोलखाको खोरथली सामुदायिक वन उपभोक्ता समूह चरीकोटले आयोजना गरेको वन डँढेलो सप्ताह अन्तर्गत सदरमुकाम चरीकोटको सातदोबाटोमा सचेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।  

सडक नाटकमा जथाभाबी चुरोट सेवनगरी ननिभाई चुरोट फ्याँकेका कारण वनमा डढेलो लागेको प्रस्तुत  गरी डँढेलाको कारक व्यक्तिलाई प्रहरीले पक्रेर थुनामा राखेको देखाइएको थियो । गाउँको यससम्बन्धी जानकार शिक्षकले थुनामा रहेका व्यक्तिलाई सम्झाई थुनामुक्त गरिएको थियो । 

थुनामुक्त व्यक्तिमा सचेतना आएपछि वृक्षारोपण गरेको नाटकमा प्रस्तुत गरिएको छ । यहाँका सामुदायिक वन उपभोक्ता समूहको ब्यानर, प्ले कार्डसहितका सहभागी चरीकोट बजार परिक्रमा गरी सात दोबाटोमा कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा सहआयोजक भीमेश्वर सबडिभिजन वन कार्यालय र सहकार्य डिभिजन वन कार्यालय दोलखा रहेको आयाजक खोरथली सामुदायिक वन उपभोक्ता समूह चरीकोटका सचिव श्याम गौतमले जानकारी दिनुभयो ।