• १५ मंसिर २०८१, शनिबार

खानेपानीमन्त्री न्यूयोर्क जानुहुने

blog

खानेपानीमन्त्री अब्दुल खांन । फाइल तस्बिर

काठमाडौं, फागुन ३० गते। खानेपानीमन्त्री अब्दुल खांन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ।

मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खांनले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वर्ल्ड वाटर कन्फ्रेन्समा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिएको छ।”

मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको मन्त्री खांनले जानकारी दिनुभयो। रासस