• १३ साउन २०८१, आइतबार

तनहुँ–१ मा युवालाई उम्मेदवारी दिन माग

blog

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित तनहुँ काँग्रेसका युवा नेताहरु

काठमाडौँ, फागुन २८ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित तनहुँ काँग्रेसका युवा नेताहरुको एक टोलीले भेट गरी आसन्न उपनिर्वाचनमा युवा पुस्तालाई प्राथमिकता दिन माग गरेको छ । पार्टीका महाधिवेशन प्रतिनिधि दीपक भट्टराई तथा नेका तनहुँ क्षेत्र नं १ का सभापति श्याम मौरतीको नेतृत्वको टोलीले आइतबार पार्टी सभापति देउवासित भेट गरी उपनिर्वाचनमा युवालाई जिम्मेवारी दिन माग गरेको हो । 

तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उक्त स्थान अब रिक्त भएको छ । उक्त स्थानमा अब उपनिर्वाचन हुने भएको छ । 

भेटमा काँग्रेसका युवा नेताहरुले राष्ट्रपतिमा पौडेल निर्वाचित हुने राजनीतिक माहोल सिर्जना गरेकोमा सभापति देउवालाई धन्यवादसमेत दिएका छन् । भेटमा सभापति देउवाले आसन्न उपनिर्वाचनमा पार्टीका सबै पक्षसँग सरसल्लाह गरेर मात्र टिकटको निधो गरिने जानकारी पार्टीका नेताहरुलाई दिनुभएको महाधिवेशन प्रतिनिधि दीपक भट्टराईले जानकारी दिनुभयो । हालसम्म पार्टीले उम्मेदवारीको टुंगो भने लगाइसकेको छैन ।