• २० वैशाख २०८१, बिहिबार

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

blog

जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहाय प्रसाद यादव । तस्बिर : जसपा कार्यालय

काठमाडौं, फागुन २५ गते । जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जसपा प्रचार विभागमा प्रमुख पूर्ण बस्नेतले सो कुराको जानकारी दिनुभयो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।