• ९ मंसिर २०८१, आइतबार

गन्तव्य (कविता)

blog

नदी किनारमा 

बाटो सकिन्छ कि फेरिन्छ ?

अलमल्ल त तब हुन्छु

जब आफ्नो गन्तव्यमा पुग्ने बाटोले 

मसँगै आएर सोध्छ

भाइ

यो बाटो कहाँ जान्छ ?


कसरी भेटिन्छ 

गन्तव्यको अन्त्य ?

सधँै बाले डो¥याएका मेरा हातहरूले

फेरि बालाई नै डो¥याएर हिँडे

तबसम्म 

जबसम्म बा तारा बनेनन् ।


कहिलेसम्म डो-याउँला म

छोरीका हातहरू

तबसम्म

जबसम्म उनका हातहरूभन्दा 

मेरा हातहरू खस्रा हुने छन् ।


पालै पालो 

डोरिँदै डो-याउँदै

तारा बनाउँदै

तारा बन्दै 

यसरी तन्किन्छन गन्तव्यहरू ।


बाले जान्नुपर्छ

कहिले डोरिइने भनेर ।

तारा बन्न डराउनेहरू

डोरिन मान्दैनन् ।


कावासोती, नवलपुर

हाल : जापान