• ६ पुस २०८२, आइतबार

लब जी ट्वन्टी (कविता)

blog

एलओडीमा भेटिएका 

कति सन्त पुरुष र विदुषीहरू 

‘-याप’का लागि 

थिए उत्सुक र भावुक, 


कुन कुन नखरासित 

जारी राख्यौ तिमीले वार्ता 

र कति उत्तेजक चुस्कीहरूमा

रमझम तुल्यायौ 

रक्तिम 

मेरो उमेरको बाल्कोनीलाई, 


जुन भेरिएन्टले निर्मित 

कालचिन्तनका 

केमिस्ट्रीहरूसित 

स्वरतिले रतविरत थियौ 

मैले प्रश्न गरिनँ, 

कुन्नि यो अधमरो रात

समुद्रमा त्यसै त्यसै झर्ने हो कि 

निष्काम विलाउने हो 

उदास पर्वतका छटाहरूमा, 

मलाई थाहा छैन, 

....

सायद यी खतरनाक प्रतीतीले युक्त 

नशाको ज्वारभाटा 

उदय हुनुअघि, 


त्यहाँ तिमीसित 

केही कुरा हुन सक्छ, 


मेरी प्रेमिकाद्वारा 

प्रस्तावित 

आउट डोर डेटिङ

र प्रेमको आत्महत्या ।