शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                तिमी जित्यौ जित्दै रह्यो
धृतराष्ट्र पुत्र
यसको केही कारण छ
समरमा छैन कोही पार्थ पराक्रमी
वा त्यागी युधिष्ठिरझैँ
वा निष्काम कर्मयोगी केशवझैँ
तर एउटा कुरा गाँठो पारेर राख
सत्य हैरान भइरहेछ
आज अलि बढी अवश्य
अधर्मको आयु तथापि हरेक युगमा
अल्पकालिक नै हुने गर्दछ
जागेको छ चेतना पददलित, अपहेलितहरूका
कोल्टे फेरिरहेको छ समय
जमाना बद्लिएको छ
मानिस उठने छन् फेरि
फेरि मसाल थाम्ने छन्
नया मनुष्यताको खोजी रोकिने छैन
इन्कलाब आउने छ विराट सङ्कल्प बोकेर
हुत्याएर बगाउने छन् सबथोक
तिम्रा घमण्ड र पाखण्डहरू !
ओचु हाइट, इमाडोल