सबै दुर्घटना
दुःखद हुँदैनन्
जस्तो कि
तिम्रो र मेरो भेट
एउटा दुर्घटना थियो,
तिम्रो आँसु मलाई पवित्र नदी लाग्छ
तिम्रै आँसु त्यो कहालीलाग्दो बाढी र प्रकोप लाग्छ
हो, यही पवित्र र प्रकोपबीचको संयोजन
एउटा दुर्घटना हो,
तिमी हिँडिरहँदा
मलाई यो लाग्दैन कि तिमी हिँडिरहिछौ
तिमीसँग त एउटा आकर्षण हिँडिरहेछ
एउटा सौन्दर्य हिँडिरहेछ
जस्तो कि
सिरसिर वतासले
फिरफिर हल्लाइरहेको पीपल पात देखेपछि
मलाई लाग्छ तिम्रो सुन्दर आँखाले सुन्दर गीत गाइरहेछ
र फेरि यहाँ एउटा दुर्घटना भइदिन्छ,
अनि जन्मन्छ एउटा पे्रम ।