• १३ साउन २०८१, आइतबार

शान्ति प्रक्रिया छिट्टै टुङ्ग्याइने

blog

काठमाडौँ, फागुन १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ। यो छिट्टै टुङ्गोमा पुग्छ।” जनयुद्धका शहीदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण र सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर गरिने र त्यसका लागि विधेयक महìवपूर्ण भएको उहाँको भनाइ छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरिनेसमेत बताउनुभयो। नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदहरूको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उहाँले जनयुद्धका शहीद तथा बेपत्ता व्यक्तिका परिवारलाई जानकारी दिनुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जनयुद्धका क्रममा पहिलो बलिदान दिने शहीद दिलबहादुर रम्तेलको आज स्मृति दिवस पनि हो। २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, जनयुद्धलगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी सरकारले गरिरहेको छ।” 

अन्तत्र्रिmयामा शहीद तथा बेपत्ता व्यक्तिका परिवारका तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरिका शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको चर्चा गर्नुभयो।