हे पापी माया मारिदियौ मलाई
नछुनु थ्यो आगो जलाइदियौ मलाई
म चाहन्थेँ फूल झाँगिएको हेर्न
किन कोपिलामै चुँडिदियौ मलाई !
कतै दिलको दडी चल्दै पो छ कि
मायाको बोली बोल्दै पो छ कि
मायाको खेल झेलै रहेछ
जो दिन्छ दिल रगतै लिइन्छ !
जसै हुन्थ्यो साथ कति हुन्थ्यो मजा
हरे दैव आज यति ठूलो सजा
म गाडेरै मरेको साक्षी छ साज (सितार)
मञ्जिल रहेछ चिताको आज !
जब हुन्न कहीँ मेरो सानो बोली
पिउँछु म अमृत– धुवाँ र गोली
पीडाले मातेर ढल्छु म आज
यो देशलाई कठै छैन लाज !
तासमा बेरिएर बाँसमा सजेछु
बेहुलीको आशमा लास पो बनेछु
जतन गरी राखेथेँ मुटु र माया
जल्दैछु आज खरानी र धुवाँ !
फूलको आसमा दौडी नजानू
सिस्नोको झ्याङमा कोही नलड्नू
सबै गल्ती लाड्नु, सबै बस्ती छाड्नु
मायाको बस्ती कसैले नजानू !
तिवारी आश्रम, डिल्लीबजार