• १२ मंसिर २०८१, बुधबार

अक्सिजन प्लान्ट स्थापना

blog

दैलेख समाचारदाता

दैलेख (राकम कर्णाली), फागुन १० गते । आठबिस नगरपालिका–४ मा रहेको आधारभूत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । गैरआवासीय नेपाली सङ्घ र आठबिस नगरपालिकाको संयुक्त लगानीमा एक सय श-याको अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा र विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले राकम कर्णालीको आधारभूत अस्पतालमा अक्सिजन प्लान स्थापना गरिएको हो । सोमबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले सो प्लान्टको उद्घाटनसमेत गर्नुभयो । सो अवसरमा मन्त्री शाहले कर्णाली राज्यबाट जहिले पनि ठगिएको भन्दै कर्णालीलाई राज्यले चिन्न नसकेको आरोप लगाउनुभयो । 

कर्णालीमा रहेको जल, पर्यटन, जडीबुटीको मात्र राम्रो सदुपयोग गरेको खण्डमा कर्णाली समृद्ध हुने उहाँको भनाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले आफ्नै कार्यकालमा राकम कर्णालीमा एक सय श-याको अस्पताल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी गर्नुभयो । उहाँले सङ्घीय सरकार वा प्रदेश सरकारबाट प्रतिष्ठानले रकम पाउन नसकेको दुखेसो पोख्दै कर्णालीलाई हेर्न नजरसमेत परिवर्तन गर्न माग गर्नुभयो । कर्णाली प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्लालगायतका जिल्लालाई मात्र नभएर अछाम, बाजुरा, डोटी र सुर्खेत र नेपालगञ्जका बिरामीलाई समेत सेवा दिन सक्ने गरी प्रतिष्ठान अघि बढेको उपकुलपति डा. रावलले बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य सोभिता गौतमले कर्णालीका जनताले भोगका समस्यालाई नजिकबाट बुझ्न कर्णालीमा आएको बताउनुभयो । उहाँले काठमाडौँबाट देखिने र बुझिने कर्णाली र आफैँ हिँडेर बुझिने कर्णालीमा के भिन्नता देखिन्छ भनेर आफू कर्णालीमा बटुवा भएर हिँडेको बताउनुभयो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राकम कर्णालीमा निर्माण गर्न लागेको एक सय शøयाको अस्पताल निर्माणका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो । 

आठबिस आधारभूत नगर अस्पतालका निमित्त प्रमुख कर्णबहादुर साउद माझीले नगर अस्पतालबाट भिडियो एक्स–रे, ईसीजी, ल्याब सेवा, अस्पताल फार्मेसी र विशेषज्ञ सेवा सञ्चालनका लागि शल्यक्रिया कक्ष तयार तथा आवश्यक सामग्रीको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । नगर अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टले २४ घण्टामा ९६ सिलिन्डर अक्सिजन दिने उहाँको भनाइ छ । आठबिस नगरपालिकाका नगर प्रमुख तर्कबहादुर बडुवालले अक्सिजन प्लान्ट स्थापनाका लागि ३२ लाख पाँच हजार रकम खर्च गरिएको जानकारी दिनुभयो । उहाँले कर्णालीको मुख्यद्वार राकम कर्णाली भएको र कुनै समस्या भएको खण्डमा तत्काल उपचारको व्यवस्था मिलाउन आठबिस नगरपालिका–४ मा १५ शøयाको अस्पताल निर्माण र एक सय श-याको शिक्षण अस्पताल निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो ।